-->
किन पुगे भारतीय अधिकारीहरु जानकी मन्दिर अवलोकनमा ?
Advertisement

काठमाडौँ, ६ कात्तिक - कार्तिक १९ गते हुने भनिएको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई लक्षित गरी भारतीय अधिकारीहरुले शुक्रबार जानकी मन्दिरको अवलोकन गरेका छन्।
नेपालस्थित भारतीय नियोगका विनय कुमार, विरगंजस्थित भारतीय काउन्सलर अंजु रंजन, दिल्लीस्थित भारतीय राष्ट्रपति कार्यालयका गायत्री आई कुमार लगायतका अधिकारीहरु विहान पौने १० बजे जानकी मन्दिर पुगी यहाँको वस्तुस्थितिबारे छलफल गरेका थिए।
भारतीय अधिकारीहरुको टोली महन्थ रामतपेश्वर दास, छोटे महन्थ रामरोशन दाससहितका मन्दिर सञ्चालकहरुसाग भेटी राष्ट्रपति मुखर्जीको भ्रमणबारे जिज्ञासा राखेका थिए। अतिविशिष्ट पाहुनाहरुको लागि पूजा पाठ तथा दर्शन पद्धतिबारे जानकी मन्दिरका महन्थ दासले जानकारी गराएका थिए। उनीहरुले स्थानीय प्रशासनसाग शान्ति सुरक्षा विषयमा छलफल समेत गरेका थिए।
कान्तिपुरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.