-->
म्यानमारको भूकम्पको धक्का नेपालमा पनि महसुस
Advertisement

काठमाडौं – बुधबार अपराह्न म्यानमारमा गएको भूकम्पको धक्का नेपालको विभिन्न भूभावमा पनि प्रस्ट महसुस गरिएको छ ।
६ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वीतराईका अधिकांश जिल्लामा महसुस गरिएको थियो ।
म्यानमारको स्थानीय समयअनुसार बुधबार अपराह्न ४ बजेर ३४ मिनेटमा म्यानमारको चाओक सहरदेखि २५ किलोमिटर पश्चिमतर्फ केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा भने ४ बजेर १९ मिनेटमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.