-->
काल सर्पको बारेमा सम्पूर्ण जानकारी, जानी राखे राम्रो
Advertisement

यदि ग्रह पूर्व पश्चिम उत्तर दक्षिण बायब्य आग्नेय, नेऋत्य तथा इशान मध्य कुैन पनि दिशामा राहु तथा केतुको माध्यमबाट थुनिएका छन् भने त्यस्तो कुण्डलीलाई कालसर्प योग भएको कुण्डली भनिन्छ । कालसर्प योग हजारौ किसिमका हुन्छन् तर अत्यन्त नकारात्मक प्रभाव दिने भने निकै कम हुन्छन् । अर्को कुरा अति घातक कालसर्प योग देखिएता पनि अन्य विभिन्न सकारात्मक योगका कारण कालसर्प योग निश्फल अथवा प्रभावहिन पनि हुन सक्छ । त्यो अवस्थामा जन्म कुण्डलीलाई राम्रो सँग विचार पुर्याउनु पर्ने हुन्छ अथवा राम्रो सँग कुण्डली अध्यापन गर्नु पर्छ ।
बढि अरिष्ट कारक कालसर्प योग
बासुकी कालसर्प योग
तृतिय तथा नवम् भावमा राहू तथा केतु रहेर अन्य भावमा सबै ग्रह
थुनिएको अवस्थामा बासुकी कालसर्प योग बन्छ । यसबाट जीवनमा यस्ता किसिमका नकारात्मक प्रभाव पर्छ ।
➢ भाइ बहिनी तथा परिवार बाट सदा कष्ट ।
➢ मित्र तथा आफन्तबाट सधै धोका ।
➢ गृहस्थ जीवनमा सधैभरी तिक्त्तता पति पत्नी बिच परस्पर कटुता, अविश्वास बैमन्स्यता तथा सम्भोगमा समेत असन्तुष्टी ।
➢ भाग्यले पटक पटक ठग्ने किनकी पराक्रम गरे अनुसार प्रतिफल आउदैन ।
➢ जीवनमा सधैभरी उताढ चढाब आउने ।
➢ नोकरीमा उताढ चढाब पदोन्तीमा अनेक रुकावट नखाएको विष पनि लागे जस्तो हुने ।
➢ विदेशमा अनेक परिशानी आउने ।
➢ कानूनी कागजातमा अरुको दबामा रहेर जबरजस्ती हस्ताक्षर गर्दा जेल नेल समेतको अत्याधिक सम्भावना ।
➢ नास्तिक भावको प्रधानता ।
➢ लगानी गरेको अथवा सर सापटी गरेको रकम टिका लागएर दक्षिणा दिए जस्तै कहिल्यै फिर्ता नआउने ।
पद्म कालसर्प योग
पञ्चम तथा एकादश स्थानको विचमा अन्य सबै ग्रह थुनिएर रहेको अवस्थामा पद्म कालसर्प योग बन्छ । यस्तो अवस्थामा जीवनमा विभिन्न किसिमका कठिनाइ आउछन् ।
➢ गृहस्थ अथवा पारिवारिक तालमेल कहिल्यै नमिल्ने ।
➢ सन्तान सुखको अभाव । सन्तान हुनै कठिनाई तथा भएता पनि शत्रु जस्ता सन्तान जन्मिने कहिल्यै माता पितलाई चैन सँग जीउन नदिने ।
➢ बृद्धा अवस्था अत्यान्त कष्टकर सन्तान बृद्धा अवस्थामा माता पिताको सेवा गर्नु पर्ला भनेर छिटै विदेश पलायन हुने ।
➢ शत्रुले पाइला पाइलामा नराम्रो कष्ट पुर्याउनुका साथै गोप्यरुपमा षड्यन्त्र रचि राख्ने ।
➢ जेल तथा काराबासको सजाय भोग्नुपर्ने ।
➢ अनेक अदृष्य रोगले सताउने । रोग ठिक हुन कठिन हुने भएकोले जीवनमा आधिक धन औषधी उपचारमा खर्च हुने ।
➢ चरित्रवान पत्नी या पति मिल्न कठिन ।
➢ जस्लाई विश्वास गर्यो उसैबाट विश्वासघात ।
➢ विद्या बुद्धिमा अनेक कठिनाई ।
कर्कोटक कालसर्प योग
राहु तथा केतु द्धितिय तथा अष्टम् स्थानमा रेहर अन्य
ग्रह बाँकी स्थानमा थुनिएको अवस्थामा कर्कोटक कालसर्प
योग बन्छ । यसबाट निम्न प्रकारका कठिनाई आइपर्छन् ।
➢ पैतृक धन सम्पत्ति नमिल्ने मिले पनि नाम मात्रको ।
➢ पटक पटक आर्थिक संकट झेल्नु पर्ने ।
➢ अथक प्रयास गर्दा पनि व्यापार व्यवसायमा सधै नोक्सान ।
➢ अचानक तथा अकाल मृत्यु ।
➢ सच्चा मित्र कहिल्यै नमिल्ने । धन हडप्ने , ढोका दिने तथा कुमार्ग तर्फ लैजाने व्यक्ति मात्र साथी बन्ने ।
महापद्म कालसर्प योग
राहु छैठौं स्थान तथा केतु बार्हौं स्थानमा रहेर अन्य स्थानमा बाँकी ग्रह थुनिएर बन्ने योगलाई महापद्म कालसर्प योग भनिन्छ । यस्तो योगले जीवनमा अनेक कठिनाइ निम्त्याउछ ।
➢ प्रेम सम्बन्ध सधै असफल तथा गृहस्थ सुखमा सधै शुन्यता ।
➢ पति अथवा पत्नीले एकको भावनालाई अर्काले कहिल्यै बुझ्ने कोशिष नगर्ने ।
➢ लामो आयु भएता पनि रोग, शोक शारीरिक तथा मानसिक समस्याले सताई राख्ने ।
➢ अति घटिया चरित्रका कारण समाजमा कंलकित हुनु पर्ने ।
➢ मनमा अत्यान्त नकारात्मक सोच आइराख्ने ।
➢ बुद्धावस्था कष्टप्रद एवं रोग दायक हुने ।
➢ यदि आध्यात्मिक सहारा लिइएन भने अत्यान्त कष्ट सँग मृत्यु हुने ।
तक्षक कालसर्प योग
यदि सप्तम् स्थान तथा लग्नमा राहु तथा केतु रहेर बाँकी ग्रह अन्य स्थानमा रहँदा हुदा बन्ने योगलाई तक्षक कालसर्प योग भनिन्छ । यस योगले निम्न प्रकारका कठिनाइ निम्त्याउँछ ।
➢ मानसिक अशान्ति ।
➢ मनमा अनेक विचार आउने तर पुरा नहुने ।
➢ बेलुका ठुला ठुला प्लान बनाउने प्राप्त सबै क्यानसिल गर्ने ।
➢ सन्तान अभाव ।
➢ स्त्री तथा पति सुखमा न्यूनता ।
➢ जीवनमा अत्यन्त उथल पुथल ।
➢ पैतृक सम्पत्ति अचानक नष्ट ।
➢ जीवनमा पटक पटक जेलनेलको परिशानी ।
➢ शत्रु पक्ष सधै माथि पर्ने ।
➢ रोग व्याधी लागि सकेपछि छिटो निको नहुने ।
शंखपाल कालसर्प योग
यदि राहु चतुर्थ तथा केतु दशम् भावमा रहेन अन्य ग्रह बाँकी स्थानमाथुनिएर रहेको अवस्थामा शंखपाल कालसर्प योग बन्दछ । यस्को निम्न प्रकारका नकारात्मक प्रभाव पर्दछ ।
➢ धन धान्य, सुख समृद्धि तथा चल अचल सम्पत्तिमा न्यूनता आउँछ ।
➢ पैतृक सम्पत्ति प्राप्तिको लाति अनेक कठिनाई झेल्नु पर्छ ।
➢ भाइ, बहिनी तथा माता पिता समेत बैरी जस्तो हुने भएकोले जीवनमा अत्यान्त नैराश्यता आउँछ ।
➢ नोकर चाकरबाट गुप्त रुपमा अत्यान्त परिसानी ।
➢ आफुभन्दा कम क्षमता भएका व्यक्तिले पनि सधै तल पार्ने ।
➢ नोकरीमा अपजस । पदोन्नतिमा सधै कठिनाई ।
➢ अनिद्रा तथा मानसिक समस्या ।
नोट ः– कालसर्प दोष हजारौं भएतापनि बढी नोक्सान गर्ने सिमित मात्र हुने भएकोले पहिचान गरेर निवारण गरेमा धेरै सहजता प्राप्त हुन्छ ।
काल सर्प योग कम प्रभावसालि हुने अवस्था ।
केन्द्रमा स्वगृह अथवा उच्च गुरु , शुक्र, शनि, मंगल, सूर्य, चन्द्र मध्ये एक उच्च सहित चार ग्रह को युति भएमा ।
* कुण्डलीमा लक्ष्मी योग भएमा ।
* उच्च रबि या उच्च बुधसहितको बुधादित्य योग भएमा ।
* लक्ष्मी नारायण योग भएमा ।
* गज केशरी योग भएमा ।
* पञ्चमहापुरुष योग भएमा ।
यस्तो अवस्थामा कालसर्प योग छ भनेर डाराउनु पर्दैन । किनकी यि योग परेको जातकको काल सर्प योग स्वभाविक रुपमा निश्फल हुन्छ ।
कालसर्प योग अत्यान्त कष्टदायक हुने अवस्था ः
यदि कुण्डलीमा – नन्दीयोग छ भने ।
यदि कुण्डलीमा – जडत्व योग छ भने ।
यदि कुण्डलीमा – अंगारक योग छ भने ।
यदि कुण्डलीमा – अभोक्त्वक योग छ भने ।
यदि कुण्डलीमा – सूर्य ग्रहण योग छ भने ।
यदि कुण्डलीमा– चन्द्र ग्रहण योग छ भने ।
यदि कुण्डलीमा – चाण्डाल योग छ भने ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.