-->
चीन-भारत प्रमुख वार्ताको थालनी
Advertisement

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार सम्भालेपछि चीनसँग बलियो सम्बन्धका लागि पहिलोपटक उच्चस्तरमा वार्ता भएको छ । भारतको दुई दिने भ्रमणमा नयाँ दिल्ली आइपुग्नुभएका चीनका विदेशमन्त्री वाङ यीले आइतबार आफ्ना समकक्षी सुषमा स्वराजसंग भेट गर्नुभयो ।
विदेश मन्त्रालयका प्रवक्ता सयद अक्बरुद्दिनले वाङ तथा भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग आर्थिक तथा अन्य विषयमा सिर्जनात्मक तथा ठोस वार्ता भएको बताउनुभयो । प्रवक्ता अक्बरुद्दिनले दुई देशबीच महत्वका सबै विषयमा स्पष्ट र आत्मीय वार्ता भएको बताउनुभयो ।
उहाँले थप विवरण नदिए पनि भारतको नयाँ सरकार तथा चिनियाँ सरकारबीच उक्त वार्ता सिर्जनात्मक आरम्भ भएको आफूहरूले ठानेको बताउनुभयो । उक्त बैठक व्यापार सम्बन्धमा केन्द्रित रहेको र त्यसमा दुई पारमाणविक हतियारसम्पन्न छिमेकीबीच दसकौँसम्म कायम रहेको सीमा विवाद पनि समावेश भएको बताइएको छ ।
प्रधानमन्त्री मोदी भारतमा कट्टरपन्थी राष्ट्रवादी व्यक्तित्व भए पनि उहाँले पदभार बहन गर्नुभएपछि परम्परागत प्रतिद्वन्द्वी चीन तथा पाकिस्तानसँग मैत्रीपूर्ण सम्बन्ध अगाडि बढाउन खोज्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई यसै वर्षको अन्त्यसम्म भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ । चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति सीले उक्त निमन्त्रणालाई स्वीकार गर्नुभएको पत्रकारहरूलाई जानकारी दिनुभयो ।
चिनियाँ विदेशमन्त्री वाङले हिन्दु समाचारपत्रलाई आफूले भारतीय राजधानीमा राष्ट्रपति सीको विशेष दूतको रूपमा आएको र विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउनु तथा थप सहयोगको खोजी गर्नु आफ्नो लक्ष्य रहेको बताउनुभयो । उक्त पत्रिकाले आइतबार प्रकाशन गरेको एक अन्तर्वार्तामा चिनियाँ विदेशमन्त्री वाङले चीन भारतसँग थप रणनीतिक तथा सहयोगात्मक साझेदारीका लागि काम गर्न तयार रहेको बताउनुभयो ।
चीन तथा भारत दुई सबैभन्दा ठूलो व्यापारिक साझेदार हुन् र उनीहरूबीच व्यापार ७० अर्ब अमेरिकी डलर बराबर रहेको बताइएको छ । यसो भए पनि भारतको चीनसँगको व्यापार घाटा ४० अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएका छ । सन् २००१ देखि ०२ सम्म भारतको चीनसँग व्यापार घाटा एक अर्ब अमेरिकी डलर बराबर रहेको अनुमान गरिएको थियो ।
विशेषज्ञहरूले मोदीले चीनको बढ्दो बजारमा पहुँच खोजी यो घाटा कम गर्नुपर्ने बताएका छन् । दुबै पक्षले सन् २०१५ सम्म दुई मुलुकबीच व्यापार १०० अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेका छन् ।
भारतको उत्तरपूर्वी अरुणाञ्चल प्रदेशमा सन् १९६२ रक्तपातपूर्ण सीमा युद्धका कारण दुई मुलुकले एकअर्कालाई आशङ्काको दृष्टिकोणबाट हेर्ने गरेका छन् ।
गत वर्ष निर्वाचनको एक सभामा मोदीले चीनले विस्तारवादी मनस्थितिले काम गरेको आरोप लगाउनुभएको थियो । चीनले पनि आफूले अन्य मुलुकको एक इन्च भूमिका लागि पनि युद्धको उग्रता कहिल्यै नदेखाएको दाबी गरेको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.