-->
टेस्ट ड्राइभ गर्ने भन्दै मोटरसाइकल लिएर फरार युवक पक्राउ
Advertisement

काठमाडौं– हाम्रो बजार डटकममा बिक्रीका लागि विज्ञापन गरिएका मोटरसाइकल किन्नका लागि टेस्ट ड्राइभ गर्ने बाहानामा लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
गत असोज २८ गते उक्त वेवसाइटमा केटिएम ड्युक ३९० मोटरसाइकल बिक्रीका लागि राखिएकोमा सुर्खेत घरभई किर्तिपुर काठमाडौं बस्ने २१ वर्षका रोशन ओझाले मोटरसाइकल लिएर फरार भएका थिए।
सुमन क्षेत्री, अर्विन छन्त्याल, आयुष राजा, आयुष जेबिआरजस्ता उपनामले समेत चिनिएका ओझाले ४ लाख ९० हजारमा किन्ने बाचासहित अर्विन छन्त्यालको नाम र इमेल आइडी दिएर उक्त मोटरसाइकल धनीलाई भेटेका थिए। पोखराको जिरो किलोमिटरमा सवारी धनीलाई भेटेपछि टेष्ट ड्राइभ गर्ने भन्दै उनले बाइक लिएर फरार भई काठमाडौं आएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बा.६०प. ७२० नम्बरको उक्त मोटरसाइकलहित फरार ओझालाई मंगलबार मैतिदेवीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका ओझाले तुल्सीपुर दाङका अर्विन छन्त्यालको सवारी चालक अनुमति पत्रमा रहेको फोटो परिर्वतन गरी आफ्नो फोटो टाँसेको अवस्थमा भेटिएको जनाइएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.