Advertisement
|
त्रिशूली, जिल्लाको थानापति गाविसमा विद्यार्थी
बोकेको स्कुल बस आज दुर्घटना भएको छ ।
थानापति गाविस–७ मा बा२ख ८१७ नंको सेई बोर्डिङ स्कुलको बस
विद्यार्थी पु¥याउन जाँदै गर्दा सडकबाट १० मिटर तल खसेर
बस दुर्घटना भएको हो । दुर्घटनामा परेर १० जना विद्यार्थी
घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ
।
दुर्घटनापछि बस चालक कृष्णबहादुर तामाङ फरार भएका छन् ।
दुर्घटनामा विद्यार्थी सन्तोष गिरी, सरल सिटौला,
सीता गिरी, बैकुण्ठ खतिवडा, विकेश श्रेष्ठ,
प्रभात पाण्डे, पवन गिरी, दिनेश पुडासैनी र
सन्तोष गिरी ‘ख’ रहेको प्रहरी
निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
घाइते विद्यार्थीको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र
कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुलेको छैन । घाइते विद्यार्थीको अवस्था
सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...