-->
करिश्मादेखि रेखाको आयोजनामा होली, बादशाहको कन्सर्ट पनि आजै
Advertisement

आज फागू पूणिर्मा । रंगको यो पर्वमा माया र आत्मियता आदन प्रदान गर्दै नेपालीहरु होली पर्व मनाउँदैछन् । होलीको अवसर पारेर नेपाली चलचित्रका कलाकारले पनि आ-आफ्नै तयारी गरेका छन् ।
नायिका करिश्मा मानन्धरले सधैको बर्ष जस्तै यो बर्ष पनि आफ्नै निवासमा होलीको आयोजना गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा नायिका मानन्धरले गर्ने होलीको रौनक बेग्लै हुन्छ । उनले आयोजना गरेको होलीमा नेपाली चलचित्र क्षेत्रका अधिकांश चलचित्रकर्मी पुगेको पाइन्छ । मध्यान्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म करिश्माको निवासमा होली पर्वको आयोजना हुँदैछ ।
यस्तै, नायिका रेखा थापा र निर्देशक तथा निर्माता आकाश अधिकारीले पनि संयुक्त रुपमा होली पर्वको आयोजना गरेका छन् । दिउँसो १ बजेबाट महाराजगञ्जस्थित रेड स्टूडियोमा होली आयोजना गरिएको छ । आकाशले पनि यस बर्षको होलीमा चलचित्र क्षेत्रका चर्चित अनुहारदेखि पत्रकारलाई निम्तो गरेका छन् ।
होलीकै अवसर पारेर विभिन्न मिडिया तथा संघसंस्थाले आयोजना गरेको होली कार्यक्रममा पनि कलाकार पुग्नेछन् । आज नै काठमाण्डौको सानो गौचरणमा बलिउडका चर्चित र्यापर बादशाहको कन्सर्ट पनि आयोजना गरिएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.