Advertisement
|
काठमाडौं । मानिसको जीवनको सबैभन्दा ठूलो सत्रु भनेको रोग हो । अथवा विरामी हुनु हो ।
पछिल्लो समय स्वस्थ रहन मानिसहरुले थुप्रै प्रयास र सावधानी अपनाएका छन् । र यसका लागि अध्ययनहरु पनि हुने गरेका छन् ।
यसैक्रममा भर्खरै गरिएको एक अध्ययनले अनारलाई स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण भनेको छ । यसको सेवनले शरीरमा रोगै लाग्न नदिने भनिएको छ ।
कुन कुन रोगबाट बचाउँछ ?
– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।
– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
– अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।
– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।
– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ । (स्वास्थ्य खबरपत्रिकाबाट)

0 comments
प्रतिक्रिया दिनुहोस्...