Advertisement
|
काठमाडौं, ५ फागुन । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति
सुशील कोइरालाको निधन भएको भर्खर आठ दिन भएको छ ।
उनको निधनमा पार्टी कार्यालयहरुमा अझै पनि
पार्टीको झन्डा आधा झुकाइएको छ । तर कोइराला निवास
महाराजगन्जमा भने अहिले भोटको खेती भइरहेको छ ।
कोइराला निवासभित्र उनका दुई भतिजा अतुल र सुशाकं दिगंगत काकाको किरिया
बसेका छन् । तर निवासबाहिरको माहोललाई पूरै आसन्न महाधिवेशनले
छोएको छ ।
प्रधानमन्त्री हुँदा कोइरालाको स्वकीय सचिव
रहेकी मृदुला कोइरालाले अहिले कोइराला निवासमा प्रदर्शन
गरेको व्यवहार देखेर त्यहा किरियापुत्री भेटन जाने सबै
कांग्रेसका नेता तथा कार्यकर्ता छक्क पर्ने परेको समाचार बुधबार
साप्ताहिकले छापेको छ ।
कोइराला नै भएपनि मृदुला नातामा सुशीलकी
भान्जी हुन् । सुशील प्रधानमन्त्री
हुँदा कांग्रेसका अरु नेता कार्यकर्तालाई मृदुला रौं बराबर पनि गन्दिन थिइन् ।
सुशीललाई भेटन जाने कोही उनलाई मन नपरेको
मान्छे छ भने भेट नै नगराई फर्काइदिन्थिन् । तर तिनै मृदुलाको व्यवहारमा
अहिले आनतानको परिवर्तन आएको छ । किरियापुत्री भेट्न
जाने सबैको नाम टिप्ने र सञ्चो बिसञ्चो पनि सोध्ने गर्छिन् ।
दैनिक नेपाल बात

0 comments
प्रतिक्रिया दिनुहोस्...